काठमाडाैँ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गरेका छन्। नगर प्रमुखमा दुई पटक विजेता बनेका ब्याञ्जुले दिगो विकासको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकलाई सम्बोधन गरेका हुन्।
धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबी निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता विषयमा उपलब्धि हासिल गरेकोमा विश्वका १ सय ६३ देशका प्रतिनिधिबीच नेपालको प्रतिनिधित्व भएकोमा प्रमुख ब्याञ्जुले खुसी व्यक्त गरे।
नगरप्रमुख ब्यान्जुले विगत ५ वर्षको अवधिमा दिगो बिकासको लक्ष्यसहित गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपालकै प्रतिनिधित्व गर्दै उनी न्यूयोर्क पुगेका हुन् ।
साथै उनले सो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया सहयोगले दिगो विकासको लक्ष्य पूरा भएको बताए । उनले आफ्नो पालिका र देशको बारेमा विचार राख्ने अवसर दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिए ।