काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरू भएको नेपाल नाइमा मोबिलिटी एक्स्पोमा इलेक्ट्रिक स्कुटर याडिया भेलाक्स सार्वजनिक गरिएको छ ।
कुजु नेपालले भित्र्याएको शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू आज सार्वजनिक गरिएको हो । याडिया विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे सवारी ब्राण्ड भएको कुजु नेपालले बताएको छ ।
कुजुले भेलाक्स यू (अल्ट्रा पर्फमेन्स), भेलाक्स फास्ट चार्जिङ (२० मिनेटमै फुल चार्ज हुने) र भेलाक्स एच (हाइ पर्फमेन्स) स्कुटर आज सार्वजनिक गरेको हो । जस अन्तर्गत क्रमश: ८० किलोमिटर, ११० किलोमिटर र १०० किलोमिटर रेञ्ज दिने बताइएको छ ।
दैनिक प्रयोगका लागि डिजाइन गरिएको भेलाक्स एच (हाइ पर्फमेन्स) स्कुटर मोडेल ३.२ किलोवाट मोटर र ७२ भोल्ट ३० आवर ब्याट्रीसहितको यो स्कुटरले १०० किलोमिटरको रेञ्ज दिन्छ ।
यी स्कुटरहरूको मूल्य दुई लाख ८५ हजारदेखि सुरू हुने कम्पनीले जनाएको छ ।
२६ तस्बिरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन
FACEBOOK COMMENTS