काठमाडौं । सरकारले जिल्ला प्रहरी कार्यालय कैलालीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई प्रबल जनसेवा श्री पदवीबाट विभूषित गर्ने भएको छ ।
सातौँ संविधान दिवस २०७९ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिकारी विभूषित हुन लागेका हुन । अधिकारी हाल प्रहरी प्रधान कार्यालय नक्सालको युएन शाखामा प्रमुखका रूपमा कार्यरत छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS