मनाङ । मनाङ प्रशासनले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ ।
बुधबार बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू–भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न जिल्ला सुरक्षा समिति मनाङले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ ।