काठमाडौँ । भिरबाट लडेर बैतडीमाबुधबार एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन्।
बाख्रा चराउन गएका बोहराको बुधबार दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बोहरा निङ्लाशैनी मा.वि देहिमाडौँमा कक्षा १२ मा अध्ययनरत थिए ।
FACEBOOK COMMENTS