काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सरकारमा सल्लाहकार रहेका मिर्जा शहजाद अकबरमाथि बेलायतमा आक्रमण गरिएको छ ।
आक्रमणका क्रममा उनको नाक र बंगाारा भाँचिएको छ । उनी क्याम्ब्रिज सहरस्थित आफ्नै घरमा रहेका बेला आक्रमण गरिएको हो ।
पाकिस्तानबाट भागेपछि मिर्जामाथि यसअघि पनि आक्रमण गरिएको थियो । उनले यो आक्रमणका निम्ति पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई जिम्मेवार ठहर्याएका छन् ।
मिर्जामाथिको आक्रमणको कारण उनको एक भनाइलाई मानिएको छ । उनले केही समयअघि असिम मुनिरलाई ‘कायर’ भनेका थिए । आक्रमणमा उनको अनुहारमा गम्भीर चोट लागेको छ । नाक र बंगारा ‘फ््रयाक्चर’ भएको छ । आक्रमणलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी छ ।
मिर्जामाथिको आक्रमणका बारेमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले जानकारी सेयर गरेको छ । आक्रमणकारी घरभित्र पसेर उनको अनुहारमा बारम्बार मुक्का प्रहार गरेका थिए । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

FACEBOOK COMMENTS