काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर र नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘एक्सपेरियन्स एआई :अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणामा आधारित सन् २०२६ का नयाँ उत्पादन शृङ्खला नेपाली बजारमा सार्वजनिक गरेका छन् ।
घरायसी प्रविधिको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै एलजीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्मार्ट होम इकोसिस्टम विस्तार गरेको हो। नयाँ उत्पादनहरूले प्रयोगकर्ताको बानी, आवश्यकता र जीवनशैलीलाई बुझेर अझ सहज, व्यक्तिगत र प्रभावकारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
काठमाडौंको मीनभवनस्थित एलजी ब्राण्डसपमा आयोजित विशेष कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर, बंगलादेश शाखाका प्रमुख सुङ्गो चुनले नयाँ उत्पादन शृङ्खलाको उद्घाटन गरेका हुन् । भदौ ४ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा एलजीका नवीनतम एआई प्रविधियुक्त टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिन तथा रेफ्रिजेरेटरहरू प्रदर्शनमा राखिएका छन् ।
एलजीको नयाँ एआई होम इकोसिस्टमले प्रयोगकर्ताको दैनिक व्यवहार र आवश्यकतालाई विश्लेषण गर्दै घरायसी कामलाई थप सहज बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार यी उपकरणहरूले प्रयोगकर्ताको रुचि पहिचान गर्ने, आवश्यकताको पूर्वानुमान गर्ने र स्वचालित रूपमा उपयुक्त सेवा प्रदान गर्ने क्षमता राख्छन् ।
‘अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणामा आधारित एलजीको एआई प्रविधिले परम्परागत स्वचालनभन्दा अगाडि बढ्दै प्रयोगकर्ताको जीवनशैलीअनुसार आफूलाई अनुकूल बनाउने कम्पनीले जनाएको छ । एलजीको २०२६ लाइनअपमा एआई टिभी प्रमुख आकर्षणका रूपमा रहेको छ । यसले प्रयोगकर्ताको रुचिअनुसार चित्र र ध्वनिको सेटिङ स्वत: समायोजन गर्छ । त्यस्तै, एआई वासिङ मेसिनले कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने मोड छनोट गर्छ, जसले कपडाको संरक्षणसँगै ऊर्जा बचतमा सहयोग पुर्याउँछ ।
त्यसैगरी, एआई रेफ्रिजेरेटरले प्रयोगकर्ताको प्रयोग शैली विश्लेषण गरी कुलिङ प्रणालीलाई सन्तुलित राख्ने तथा खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ । यी सबै स्मार्ट उपकरणहरूलाई एलजी थिङ्क एपमार्फत सहज रूपमा नियन्त्रण र व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।