काठमाडौँ । तालिबान सरकारले दुई दिन पछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवा पुन:स्थापित गरेको छ ।
इन्टरनेट सुचारुपछि मानिसहरू सडकमा आएर खुशियाली मनाएका थिए ।
सेवाहरू बिस्तारै पुन:स्थापित हुँदै गरको र इन्टरनेट निगरानी समूह नेटब्लक्सले आंशिक पुनस्र्थापना भएको बताएको छ ।
प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुन:स्थापित गरिएको थियो । ४८ घण्टाको इन्टरनेट बन्दले व्यवसाय, उडान र आपतकालीन सेवाहरूमा बाधा पुर्याएको थियो ।
२०२१ मा सत्तामा फर्किएको तालिबान सरकारले महिलाहरूमा धेरै कडा नियमहरू लागू गरेको छ ।
FACEBOOK COMMENTS