काठमाडौँ । अफगानिस्तानले सोमबार आईसीसी टी–ट्वान्टी विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछ । सुपर १२ को समूह २ मा रहेको अफगानिस्तानको भेट स्कटल्यान्डसँग हुँदैछ । शारजहाँ क्रिकेट मैदानमा हुने खेललाई लिएर अफगानिस्तामा उत्साह जागेको छ ।
स्कटल्यान्डसँगको खेलअघि सञ्चार माध्यमहरूसँगको कुराकानीमा अफगानी कप्तान मोहम्मद नाबीले आफ्नो देशको पछिल्लो अवस्थाबारे पनि टिप्पणी छन् ।
कप्तान नाबी आफ्नो टिम विश्व क्रिकेटका ठूला टिमहरूको सूचीमा पर्न मेहेनत गरिरहेको बताउँछन् ।
अफगानिस्तानमा पछिल्लो समय खेलकुदको भविष्यलाई लिएर प्रश्न उठे पनि क्रिकेट त्यहाँको सबैभन्दा लोकप्रिय खेल हो । फेरि अफगानी क्रिकेटले लामो बाटो तय गरेर यहाँसम्म आइपुगेको हो । अफगानिस्तान क्रिकेटमा कति बलियो छ भन्ने कुरा उसले जारी विश्वकपको समूह चरणमा सिधा छनौट भएर देखाइसक्यो । सुपर १२ का लागि श्रीलंका र बंगलादेशले पहिलो चरणमा भाग लिँदा अफगास्तिानले भने पहिल्यै आफ्नो स्थान सुरक्षित गर्यो ।
अफगानिस्तानका १५ खेलाडीमध्ये आठले विभिन्न देशका टी–ट्वान्टी लिगमा खेलेको अनुभव छ ।
FACEBOOK COMMENTS