काठमाडौँ । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह डी का अफगानिस्तान र न्यूजील्याण्डबीचको खेल केहि बेरमा शुरु हुदैछ ।
भारतको चेन्नईमा हुने यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । यीसँगै न्यूजील्याण्डले पहिला बलिङ गर्ने भएको छ । दुवैको यस विश्वकपमा यो पहिलो खेल हो ।
यसखेलमा न्यूजिल्याण्डबाट मिचेल सान्टनर (कप्तान), फिन एलेन, टिम सेफर्ट (विकेटकीपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स निशाम, म्याट हेनरी, लोकी फर्गुसन, र ज्याकब डफी खेल्दैछन् ।
त्यस्तै अफगानिस्तानबाट रशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, सेदीकुल्लाह अटल, दरविश रसौली, अजमातुल्लाह ओमरजाई, गुलबादिन नैब, मोहम्मद नाबी, फजलहक फारुकी, जियाउर रहमान र मुजीब उर रहमान रहेका छन् ।
FACEBOOK COMMENTS