काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा योजना पारित गरेकोमा विश्वलाई बधाई दिँदै यसलाई ’ऐतिहासिक क्षण’ भनेका छन् ।
ट्रम्पले संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन मध्ये एक भएको बताउदै यसले विश्वभर शान्तिलाई प्रवद्र्धन गर्ने र यो साँच्चै ऐतिहासिक क्षण भएको बताएका हुन् ।
उनले संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरू र समितिमा नभएका तर प्रस्तावलाई दृढतापूर्वक समर्थन गर्ने देशहरूलाई धन्यवाद समेत दिएका छन् ।
यस प्रस्तावलाई समर्थन गर्ने देशहरूमा कतार, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, इन्डोनेसिया, टर्की र जोर्डन समावेश छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ट्रम्पको २०–बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गर्यो । यो योजनाले अन्तर्राष्ट्रिय स्थिरीकरण बलको गठनको व्यवस्था गरेको छ ।

यस प्रस्ताव अनुसार, बलले इजरायल र इजिप्टसँग नजिकबाट काम गर्नेछ।

यसले सीमावर्ती क्षेत्रहरू सुरक्षित गर्न र हमास लगायत सशस्त्र समूहहरूलाई स्थायी रूपमा निशस्त्र गर्न प्यालेस्टिनी प्रहरी बलसँग काम गर्नेछ ।

हमासले अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ, किनकि यसले प्यालेस्टिनीहरूको अधिकार र मागहरू पूरा गर्दैन ।

FACEBOOK COMMENTS