काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फेरि लकडाउन सुरु गरिएको छ। औषधि पसल र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ।
रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
मस्कोको वालजिस्की अस्पतालका चिकित्सक रोमान मिरोनोवले भने , “हाम्रो अस्पताल भरिएको छ। हरेक दिन करिब १० प्रतिशत बिरामी डिस्चार्ज भइरहेका छन् र त्यतिनै भर्ना भइरहेका छन्। यसपटक पहिलाको लहर भन्दा धेरै बिरामी आइरहेका छन्।”
रूसमा अधिकारी भ्याक्सनको कमीले चिन्तित छन्।
FACEBOOK COMMENTS