काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर भएपछि नेपालकै सबै भन्दा ठूलो बाणीज्य बैंक बन्ने भएको छ। शुक्रबार एक कार्यक्रमका बीच दुबै बैंकले मर्जर गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरका सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर भएपछि बैंकको जगेडा कोष २२ अर्ब ३५ करोड २२ लाख ६ हजार र खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् । मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्न प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ।
मर्जर प्रक्रियामा गएपछि सोमबारदेखि एनआईबिएल र मेगा बैंकको शेयर कारोबार रोक्का हुने भएको छ ।
FACEBOOK COMMENTS