काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । तिहार पर्वको बिदा पछि आज पहिलो दिन बजार खुलेको हो ।
आज कारोबार रकम पनि तीन अर्बमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४४ अंकले घटेको हो । ०.२४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४८.७७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक, होटल, हाइड्रो र निर्जीवन बीमा समूह बढेका छन् । बाँकी अरु राताम्मे भए । आज ३३५ कम्पनीका ७८ लाख ४४ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७ सय २५.०६ रुपियाँ बराबरको कारोबार भएको छ ।
स्वेत गंगाा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.५६ प्रतिशतले नाफा कमाउँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज घोराही सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ७ लाख ४२ हजार ३ सय ७९.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
शेयर बजार अब मंसिर १ गते मंगलबार मात्र खुल्ने छ । शनिबार र आइतबार सार्वजनिक बिदा र कात्तिक ३० गते सरकारले छठ पर्वको बिदा दिने निर्णय गरेसँगै मंगलबार मात्रै बजार खुल्ने भएको हो ।
