काठमाडौं । साउदी अरेबियाले ओमानमाथि भएको इरानको आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई ओमानको सार्वभौमिकतामाथिको स्पष्ट उल्लङ्घन भएको जनाएको छ ।
साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा ओमानप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्दै आवश्यक परे ओमानले चाल्ने जुनसुकै कदममा सहयोग गर्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न तयार रहेको बताइएको छ ।
साउदी अरेबियाले इरानले निरन्तर रूपमा अन्य मुलुकको सार्वभौमिकता उल्लङ्घन गरिरहे क्षेत्रीय सुरक्षा र स्थायित्वमा गम्भीर असर पर्ने चेतावनी समेत दिएको छ ।
साथै, अन्तर्राष्ट्रिय समुदायलाई इरानका गतिविधिविरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न पनि साउदी अरेबियाले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS