काठमाडौं । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ ।
टेस्टको चौथो दिन पाकिस्तानले दिएको केवल ६८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३३३ रन बनाएको थियो भने पाकिस्तानले दोस्रो इनिंगमा केवल १३८ रन बनाएर अल आउट भएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा ४०४ रन बनाएको थियो ।
अब यो जितपछि २ खेलको सिरिज १–१ ले बराबरी भएको छ । यसअघि सिरिजको पहिलो खेल पाकिस्तानले ९३ रनले जितेको थियो ।
पाकिस्तान टुरमा रहेको दक्षिण अफ्रीकाले अब ३–३ खेलको टी–२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS