काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्धको जारी दोस्रो टेस्टको पहिलो इनिंग ५१८ रन बनाएर इनिंग घोषणा गरेको छ ।
भारतले खेलको दोस्रो दिन ५ विकेट बनाएर ५१८ रन बनाएपछि आफ्नो पहिलो इनिंग घोषणा गरेको हो ।
भारतका लागि यशस्वी जैसवालले सर्बाधिक १७५ रन बनाए भने कप्तान शुभमन गिलले अविजित १२९ रन बनाएका छन् ।
त्यस्तै साइ सुदर्शनले ८७, ध्रुब जुरेलले ४४, नितिश कुमार रेड्डीले ४३ र केएल राहुलले ३८ रन बनाएका थिए ।
त्यस्तै वेस्ट इन्डिजका बलर जोमेल वारिकानले ३ विकेट लिए भने रोस्टन चेजले एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS