काठमाडौं । प्रधानमन्त्री विपद् राहत कोषमा अग्रवाल सेवा केन्द्रले ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।
अग्रवाल सेवा केन्द्रका सबै सदस्यको तर्फबाट अध्यक्ष गिरिधारी अग्रवालले कोषमा राहत रकम जम्मा गरेका हुन् ।
उनी सहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेर रकम हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी युवा मञ्चद्वारा वितरण गरिन लागेको १० लाख रुपैयाँ बराबरको राहत सामग्रीबारे पनि जानकारी गराइएको थियो ।