काठमाडौं । आज दुईवटा जलविद्युत कम्पनीले बार्षिक साधारणसभा बोलाएका छन् । आज माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले सभा बोलाएका हुन् ।
दुवै कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । माउन्टेन हाइड्रो नेपालको सभा कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ ।
सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको सभा पनि आजै रहेको छ । सुर्य इभेन्ट, धुम्बाराही, आनन्दनगर, काठमाडौंमा बिहान ११ बजेबाट सभा हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ ।
FACEBOOK COMMENTS