काठमाडौं । मेरो माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । कम्पनीले माघ २६ गते शुक्रबार साधारणसभा बोलाएको हो ।
सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सभामा सेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा छ । हाल कम्पनीमा संस्थापक समूहकको ६९ दशमलव ४० प्रतिशत र सर्वसाधारण समूहको ३० दशमलव ४० प्रतिशत कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९ दशमलव ४० प्रतिशत र सर्वसाधारण समूहको ४० दशमलव ४० प्रतिशत कायम बनाउने एजेन्डा छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS