काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज वार्षिक साधारण सभा बोलाएको छ । यो पटक संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विषयमा छलफल हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने छ । संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
FACEBOOK COMMENTS