काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले चैत १६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाले ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गर्ने छ । फागुन २९ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS