काठमाडौं । आज फागुन २० गते आइतबार २ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् ।
आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सभा बोलाएका छन् । दुवै कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् । सभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गरेको छ । फागुन १० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
आज नै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभामा संस्थापक समूहबाट ४ जना जसमा १ जना महिला र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व निर्वाचन हुनेछन् । सभा प्रयोजनका लागि फागुन १० गते बुक क्लोज गरेको छ । फागुन ९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS