काठमाडौं । माउन्टेन इनर्जी नेपालले चैत १३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गरेको छ ।
फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा हुनेछ । बिहान साढे १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS