काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले एकै पटक २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । तै पनि सेयरधनीलाई लाभांश भने छैन ।
कम्पनीले चैत २९ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । चैत १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS