काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आज ११ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गरिसकेको छ । चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS