काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले भोली वार्षिक साधारण सभा गर्ने भएको छ ।
संस्थाले सेयरधनीको हात भने खाली बनाएको छ । सेयरधनीलाई लाभांश नदिने भएको छ ।
संस्थाले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।
मनकामनालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने भएको छ । गत भदौमा दुवै संस्थाबीच प्राप्ति गर्न भन्दै सम्झौता भएको छ । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ ।
FACEBOOK COMMENTS