काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आज बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
लाभांश नदिएको कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब पेश हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउने छन् । सभा कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS