काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले जेठ ९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुनेछ । वैशाख २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीले तोकेको लाभांश पाउने छन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS