काठमाडौं । आज दुई वटा हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् ।
आज युनाइटेड मोदी हाइड्रोपावर र पाँचथर पावरले कम्पनीले सभा बोलाएका हुन् । दुवै कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।
युनाइटेड मोदी हाइड्रोपावरले कालीमाटी ब्यांकेटमा बिहना ११ बजेदेखि सभा गर्दै छ । यसअघि चैत २९ गते सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
सभामा युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्र्न भएको छ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
यस्तै पाँचथर पावरले पनि सभा बोलाएको छ । होटल इम्पेरियल बत्तीसपुतलीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरिसकेको छ । जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS