काठमाडौं । नेपाल एसबीआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज तोकेका छन् । पुस ५ र ६ गते शुक्रबार र शनिबार भएकाले आजसम्म कायम रहेका सेयधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश दिने भएको । बैंकले पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यस्तै तारागाउँ रिजेन्सी होटल्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS