काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र त्यसका लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गरेको छ । वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।
सभा स्वाभिमान लघुवित्तको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा हुनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाहलगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
FACEBOOK COMMENTS