काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले भोली शुक्रबार बार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरेको छ ।
प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।
सभाले कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ । सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने योजना पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरेको छ । असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS