काठमाडौं । हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी साधारणसभा प्रयोजनका लागि फागुन ७ गते बुक क्लोज गर्ने भएको छ भने एसियन लाइफ इन्स्योरेन्सले आगामी सभा प्रयोजनका लागि ८ गते बुक क्लोज गर्दै छ । फागुन ७ गते प्रजातन्त्र दिवसमा बिदा हुने भएकोले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद सहित ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ ।
एसियन लाइफले गत आवको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगदसहित ८.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोछ । लाभांश पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS