काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्नि सापकोटामाथि जिउँदै मान्छे पुरेको आरोपमा अनुसन्धान गर्न सरकारलाई आदेश दिएको छ ।
१२ वर्षदेखि विचाराधीन मुद्दामा हिजो बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गर्दै सापकोटामाथि अनुसन्धानको बाटो खोलेको हो ।
सो इजलासले सापकोटाविरुद्ध विभिन्न मितिमा परेका तीनवटा रिटमाथि लामो समयदेखि अध्ययन गरिरहेको थियो । उपाध्यक्ष सापकोटाविरुद्ध २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।
सापकोटाको प्रत्यक्ष आदेशमा लामा स्वयमलाई खाल्डो खन्न लगाएर सोही खाल्डोमा जिउँदै पुरी हत्या गरेको अनुसन्धानले देखाएको छ । उक्त घटनापछि अर्जुनकी श्रीमती पूर्णमाया लामाले २०६४ फागुनमा रिट निवेदन दायर गरेकी थिइन् ।
निषेधाज्ञाविरुद्ध रिट बोकेर खुरुखुरु सर्वोच्च पुगेका पूर्वउपप्रधानमन्त्री थापा लुरुलुरु फर्किए !
FACEBOOK COMMENTS