काठमाडौं । प्रतिनिधिसभाका ‘निवर्तमान’ सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् ।
एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् ।
उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् ।
यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
पहिरो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षण मन्त्री समेत भइसकेका छन् ।
माओवादीका अर्का नेता कृष्णबहादुर महरालाई सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सापकोटाले सभामुख हुने मौका पाएका थिए । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS