काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले देशमा उद्योग गर्नु भनेको अपराध सरह भएको बताएका छन्।
उनले नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई अपराधी सरह व्यवहार गरेको बताएका हुन्। आइतबार उद्योगीहरुले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अग्रवालले उद्योग गर्नु अपराध नै गरे जस्तो गरेर विद्युत लाइन काटिएको बताएका हुन् ।
अध्यक्ष अग्रवालले देशमा उद्योग चलाएर रोजगारी सिर्जना गरिरहेका माथि ठूलो अन्याय भएको बताए । प्रमाण पेश गरे महशुस तिर्न समस्या नभएको भन्दै प्रमाण नदिइ लाइन काटेर अपराधीलाई गर्ने व्यवहार गरिएको उनले बताए ।
FACEBOOK COMMENTS