काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्ष बनेका हुन् ।
उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिष्ठानका तर्फबाट वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, गुरुप्रसाद न्यौपाने, पम्फा धमाला, आशिष गर्ग, अशोक शेरचन, हितेश गोल्छालगायत १४ जना निर्विरोध निर्वाचित भएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ ।
परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषदमा नियुक्त भएका छन् ।
राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनेमा प्रदेश १ बाट भीम घिमिरे, प्रदेश २ बाट नरेन दास, बागमती प्रदेशबाट ऋषिराम घिमिरे, गण्डकी प्रदेशबाट विनोद न्यौपाने, लुम्बिनी प्रदेशबाट एजाज आलम, कर्णाली प्रदेशबाट पूर्णप्रसाद आचार्य र सुदुरपश्चिम प्रदेशबाट हेमविक्रम थापा निर्वाचित भएका छन् ।
परिसंघको पदेन सदस्यमा राजु पौडेल, सुरेश श्रेष्ठ, बाबुराम बोहोरा, लेखराज पोखरेल र कृष्णप्रसाद शर्मा गौतम निर्वाचित भएका छन् ।
यो पनि पढ्नुहोस्–
आर्थिक क्षेत्रलाई चलायमान बनाउन कोरोना नियन्त्रण प्रमुख आवश्यकता: प्रधानमन्त्री देउवा
FACEBOOK COMMENTS