काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेल आजियटाबीच वैदेशिक रोजगारीमा जानेहरुका लागि सीमकार्ड सित्तैमा दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खोल्ने ग्राहकले एनसेल ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका हुन्।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल आजियटाका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरे।
सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने,वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्दा नि:शुल्क सीमकार्ड पाउनेछन्।
बैंकका अनुसार ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डाटा प्याक नि:शुल्क उपलब्ध हुनेछ। सीमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम र २० वटा एसएमएस पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार सीमा संचालन भएको दुई दिनभित्र सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा एक सय मिनेट एनसेल टकटाइम र सय एमबी डाटा पाइनेछ। एक वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस, भारत, मलेसिया र खाडी मुलुकमा कल गर्दा अतिरिक्त छुट पाइने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS