काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको थालनीका लागि सम्झौता भएको छ।
बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो सम्झौतापछि औपचारिक नेपाल पे क्यूआर सुविधान सञ्चालन गरिने भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको जानकारी दिएको छ।
साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने सम्झौता पत्रमा जनाइएको छ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रहिआएकोे बैंकद्वारा जारी वज्ञप्तिमा उल्लेख गरिएको छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसै सन्र्दभमा, नेपाल क्यिरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म २७ वटा वाणिज्य बैक, ५ वटा विकास बैंक, १२ वटा फाइनान्स कम्पनी तथा ८ वटा भुक्तानी सेवा प्रदायक संस्था गरी जम्मा ५२ संस्थाहरु आवद्ध गराई सकेको पनि सम्झौतापछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
FACEBOOK COMMENTS