काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको नक्शालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनेछ । साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०% र औषधि खरिदमा ५% सम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवाहरू प्रदान गर्दै अएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS