काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषिमा अहिलेको पहिलो चुनौती भनेको सिंचाई रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीले कृषि संरचनाको डिजिटल उद्घाटन गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुक्तिनाथ कम्पनिले युवालाई स्वदेशमै कृषि उद्यमी बनाउन खेलेको भुमिका निकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।
‘कृषि लाइ अगाडि बढाउन ठूलो अभियान मुक्तिनाथ कृषि कम्पनीले चालेको छ । कृषि विकास बाट नै आर्थिक फड्को मार्न सकिन्छ ।’ मन्त्री भुसालले भने, ‘अहिले कृषिमा ठूलो चुनौति सिंचाइ रहेको छ । समयमा मल, माटो पहिचान समेत प्रमुख समस्या हो ।’
सरकारले स्वदेशमा कृषि उत्पादन बढाउन युवालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताए । उनका अनुसार चैते धान १ लाख हेक्टर लगाउने सरकारको लक्ष्य रहेको छ । अबको केहि दिन मै सरकारले कृषि सम्बन्धी प्रभावकारी अभियान चाल्ने योजना रहेको बताए ।
FACEBOOK COMMENTS