काठमाडौं । मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन ।
आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), डिजाइन र जग्गासमेत प्राप्त भएको महिला उद्यमी हरित औद्योगिक ग्रामको काम अघि बढ्न नसकेको हो ।
महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन ।
औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ । २५ वर्षका लागि सय रोपनी जग्गा भाडा लिन सम्झौता भइसकेको ग्रामकी अध्यक्ष शारदा रिजालले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा छ ।
FACEBOOK COMMENTS