काठडमाडौं । गत आर्थिक वर्षमा २०७८/७९ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.१ प्रतिशत, उद्योग क्षेत्रको १५.४ प्रतिशत र सेवा क्षेत्रको ५४.५ प्रतिशत योगदान रहेको छ ।
यसले अर्थतन्त्रको संरचनामा क्रमिक परिवर्तन भई अर्थतन्त्र क्रमशः कृषिप्रधानबाट सेवाप्रधान तर्फ रुपान्तरण हुँदै गएको देखाउँछ । यद्यपि, कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान न्यून रहेकोले सोमा वृद्धि गरी उत्पादनशील रोजगारी सिर्जना गर्न थप प्रयास गर्नुपर्ने अवस्था रहेको छ ।
प्रदेश मलिलो कृषि भूमि, बहुखेति गर्न सकिने भौगोलिक अवस्था लगायतका कारणहरुले गर्दा कृषि उत्पादन तथा पशु व्यवसायको लागि संभावित क्षेत्रको रुपमा रहेको छ । त्यसैगरी, भारतीय नाकासँग जोडिएको देशको प्रमुख व्यापारिक नाकाले यस क्षेत्रलाई व्यापारिक महत्वको रुपमा समेत विकास गरेको छ ।
थप औद्योगिकीकरणको संभावना, कृषि क्षेत्रको गतिशील विकास एवं बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थितिले वित्तीय पहुँच बढ्न गई यस क्षेत्रको बहुआयामिक विकास हुने संभावना रहेको अध्ययनले देखाएको छ ।
FACEBOOK COMMENTS