काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गरेका छन् ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङ्ग सँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको विउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडी बढाईसकिएको उल्लेख गर्दे यसले कृषि क्षेत्रमा सहकार्यको थप अवसर प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
नेपालमै हाईव्रिड विउविजनहरुको उत्पादन, उन्नत जातहरुको आदान प्रदान, जैविक विषादीहरुको उत्पादन, मिश्रित रासायनिक मल उत्पादनको क्षेत्रमा दक्षिण कोरियाको लगानी र प्रविधि निकै महत्वपुर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गरे । गणतन्त्र कोरिया सरकारबाट नेपाललाई उच्च नश्लका गाईहरु उपलब्ध गराई गरेको सहयोग सह्रानीय रहेको छ र यसबाट दुग्ध क्षेत्र विकासमा कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु — मन्त्री अधिकारीले भने ।
भेटवार्तामा कोरियाका राजदूत तेयोङ्गले नेपालवाट धेरै संख्यामा कृषि क्षेत्रमा कामदारहरु गएको चर्चा गर्दै उनीहरुको स्वदेश फर्किएपछि कृषि क्षेत्रमै काम लगाउन सके यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिने छ । कोरियाले नेपालको कृषि क्षेत्रमा गर्दै आएको सहयोगलाई वृद्दि गर्न चाहेको उल्लेख गर्दे निकट भविष्यमा यसैका लागि कोरियाली उच्चस्तरीय प्रतिनिधीको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिए ।
FACEBOOK COMMENTS