![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले कम हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.८७ प्रतिशतले बढेर ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा भने ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
१८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको जगेडा कोषमा १० अर्ब ५० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ४ पैसा रहेको छ । बैंकको खराब कर्जा २.३२ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS