काठमाडौं । सरकारले आत्मनिर्भर स्थानीय तहको नीति लिएको छ। शुक्रबार संघीय सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ’, राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ।
त्यस्तै, प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिका एकएक वटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिने उल्लेख छ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
अब वडावडामै कृषि प्राविधिक
सरकारले अब वडावडामै कृषि प्राविधिक पठाउने घोषणा गरेको छ।
उनीहरुलाई थप विस्तार गर्दै जनतालाई कृषिमा आउने समस्या सहज रुपमा समाधान गर्न यस्ता प्राविधिकहरु वडास्तरमा पठाउने नीति तथा कार्यक्रम सरकारले ल्याएको हो।
त्यस्तै सरकारले रासायनिक मल समयमै उपलब्ध गराइने दाबी गरेको छ। मल उत्पादन गर्न कारखाना नेपालमै खोल्न पञ्चवर्षीय योजना अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
स्थानीय तहमा जैविक मल उत्पादन गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ। चिया, अलैंची र अदुवाजस्ता वस्तु उत्पादनमा र निर्यात गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
FACEBOOK COMMENTS