चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज (भदौ ११ गते) सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ।
रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले यस्तो निर्णय गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वय र हालको प्राकृतिक विपत्तिका कारण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि आजको परीक्षा रोकिएका छन्।
स्थगित गरिएका ती परीक्षाहरूको नयाँ परीक्षा तालिका विश्वविद्यालयले यथाशीघ्र प्रकाशन गर्ने जानकारी दिएको छ।