काठमाडौं । कृषि विकास बैंकको नाफा १०.८८ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार वितरणयोग्य नाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७२ प्रतिशतले घटेर ६ अर्ब २६ करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ७१ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा २१.०२ प्रतिशतले बढेर ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
१६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड ८५ लाख ५ हजार रुपैयाँ रहेको छ ।
१ खबृ ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५२ अर्ब ८६ करोड २५ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा २.८४ प्रतिशतबाट घटेर १.८४ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS