पोखरा । आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ ।
सोमबार आयोजक सहारा क्लब पोखराले माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण आयोजना हुने जानकारी दिएको हो ।
क्लबले पोखरामा आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी शुरु भएको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS